दफा ८१
शपथ लिएको व्यक्तिले झुठ्ठा कुरा व्यक्त गर्न नहुने

(१) अधिकार प्राप्त अधिकारी समक्ष साँचो कुरा व्यक्त गर्ने कानूनी कर्तव्य भएको वा शपथ लिएको व्यक्तिले वा कानूनबमोजिम शपथ लिई सार्वजनिक पद धारण गरेको व्यक्तिले त्यस्तो हैसियतमा झुठ्ठा कुरा व्यक्त गर्न हुँदैन ।
(२) उपदफा (१) बमोजिमको कसूर गर्ने व्यक्तिलाई दुई वर्षसम्म कैद वा बीस हजार रुपैयाँसम्म जरिबाना वा दुवै सजायहुनेछ ।